कुराकानी। नोभेम्बर २० अर्थात् मंसिर ४ गते नेपालमा पनि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका तेस्रोलिंगीहरुले टान्सजेन्डर डे अफ रिमेम्वरीङ मनाएका छन् ।
उनिहरुले बसन्तपुरमा दिप प्रज्वलन गरेर यो दिनमा सम्पुर्ण मृत तेस्रोलिंगी समुदायका मानिसहरुको स्मरण गरेका हुन् ।
मौन धारणसँगै उनिहरुले तेस्रोलिंगी समुदायका सम्पुर्ण मृत आत्माको शान्तिको कामना गरेका छन् ।
कार्यक्रम निलहिरा समाज (व्लु डायमण्ड सोसाइटी) ले यूएनडिपीको सहयोगमा आयोजना गरेको हो। कार्यक्रममा सहभागीहरूले लैङ्गिक अल्पसङ्ख्यकको अधिकारको माग गर्दै ब्यानरहरू बोकेका थिए।
ट्रान्सजेन्डर डे अफ रिमेम्वरीङ (टीडीओआर) को सुरुवात सन् १९९९ मा ट्रान्स अधिवक्ता ग्वेन्डोलिन एन स्मिथले गरेका थिए । उनले सन् १९९८ मा हत्या गरिएकी ट्रान्सजेन्डर ओमन (तेस्रोलिंगी महिला) रीटा हेस्टरको सम्झनामा मानिसहरुमा जनचेतना पुर्याउने र यस बिषयमा सर्तकता अपनाउनका लागि सुरु गरेका हुन् ।
 
                     
								 कुराकानी
 कुराकानी                                                             
                     
                                                     
                                                     
                                                     
                                                     
                                                    