‘डिग्री माइला : एमए थर्ड क्लास’को शुभ-मुहूर्त सम्पन्न

 ‘डिग्री माइला : एमए थर्ड क्लास’को शुभ-मुहूर्त सम्पन्न

  • कुरौटेपाटी

  • शनिबार, भदौ ३०, २०८०

  • 89
    SHARES
 ‘डिग्री माइला : एमए थर्ड क्लास’को शुभ-मुहूर्त सम्पन्न
काठमाडाैं । रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने सिनेमाको शनिबार बिहान भाटभटेनी मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै मुहूर्त गरिएको हो ।
सिनेमाको शुभ-मुहूर्त समारोहमा निर्देशक गुरुङसहित सिनेमाका मुख्य कलाकारहरु दयाहाङ र आँचलका अलवा विजय बराल, माओत्से गुरुङलगायत उपस्थित रहेका थिए ।
सिनेमाको छायांकन आगामी शुक्रबार अर्थात् असोज ५ गतेबाट ओखलढुङ्गास्थित रुम्जाटारमा हुनेछ । दोस्रो चरणको छायांकन आगामी मंसिरमा काठमाडौं र ओखलढुङ्गामा हुनेछ ।
बासुरी फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमाको कथा शैक्षिक बेरोजगारीले युवाहरुमा ल्याएको निराशामा आधारित हुनेछ ।
आगामी वर्ष २०८१ को नयाँ वर्षलाई सिनेमाको प्रदर्शन मिति घोषणा गरिएको छ ।


सम्बन्धित समाचार
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology